Incident Reports

जाजरकोटको बिच बजारमा बम फेला स्थानिय त्रसित

2020-01-01

Karnali, Jajarkot, Bheri, Ward 3

जाजरकोटको सदरमुकाम ठाटि बजारमा बम भेटिएको छ । बुधबार राति अज्ञात समुहले जाजरकोटको बिच बजारमा बम राखेको हो ।

राती अज्ञात समुहले बिच बजारमै रहेको सिटिजन बैङ्क नजिकै रहेको मालिका कानुनि सेवा र छिमेकी बितिय सहकारी संस्थाको गेटमै बम भेटिएको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना पुगेको छ ।

बम कस्ले र किन राख्यो भन्ने नखुले पनि विप्लव नेतृत्वको नेकपाले राखेको हुनसक्ने आशंका गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments