2020-01-02
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको आरोपमा प्रहरीले आठबीस नपा–८ तिलेपाटाका ३३ वर्षीय नगेन्द्रबहादुर सिजापतीलाई पुस १७ गते राकमबाट गिरफ्तार गरेको छ ।
शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सुचनाका आधारमा सिजापतीलाई गिरफ्तारपछि हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखका डिएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
आठबीस नपा–४ राकम बजारमा खुद्रा पसल गरी बसेको अवस्थामा सिजापतिलाई गिफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, दैलेखले जनाएको छ ।
अमर सुनार
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |