Incident Reports

मानव बेचविखन घटनाका दुई आरोपित गिरफ्तार

2020-01-05

Madhes, Sarlahi, Malangawa

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा सिन्धुली जिल्ला कमलामाई नपा–४ बस्ने ३२ वर्षीय जयबहादुर खत्री सार्की र रामेछाप जिल्ला दोरम्ब नपा–५ बस्ने २६ वर्षीया अमृता श्रेष्ठलाई पुस १९ गते प्रहरीले मलङ्गवाबाट गिरफ्तार गरेको छ ।

आरोपित दुबै भारत जाँदै गरेको गोप्य श्रोतबाट प्राप्त सूचनाका आधारमा मलङ्गवा नपा–८ बाट जिल्ला प्रहरी कार्यालय सर्लाहीको विशेष टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीत सिंह राठौरले जानकारी दिनु भएको छ । भारतीय व्यक्तिहरूसँग मिलेमतो गरि चार जना महिलालाई भारतमा काम लगाई दिने लगायत विभिन्न अन्य प्रलोभनहरु देखाई मानव बेचविखन गर्ने कार्यमा दुवै संलग्न पाइएको छ ।

गिरफ्तार सार्की र श्रेष्ठ विरुद्ध मानव बेचविखन तथा ओसारपसारको मुद्दा २०७६ पुस १९ गते दर्ता गरिएको र पुस २० गते  जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान कार्य भइरहेको डिएसपी राठौरले बताउनु भयो । घटनामा संलग्न अन्य व्यक्तिहरु पनि संलग्न हुन सक्ने आशंकामा अनुसन्धान तथा खोजि कार्यलाई तिब्रता दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधन साह


0 Comments