Incident Reports

सिन्धुलीमा स्काभेटरहरुमा आगजनी गरेको आरोपमा विप्लव समूहका नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ

2020-01-06

Bagmati, Nuwakot, Tarkeshwar

काठमाडौँ । प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' समूहका नुवाकोट जिल्ला सेक्रेटरी अशोक भन्ने विन्तोष सिलवाल सोमबार तार्केश्वरको पैयुटारबाट पक्राउ परेका छन् ।२०७५ साउन ८ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा रोकिराखेको स्काभेटरहरुमा आगजनि गरी क्षति पुर्याएको आरोपमा सिलवाललाई प्रहरीको विशेष ब्यूरोले पक्राउ गरेको हो ।सिलवाललगायत अन्य व्यक्तिहरुले कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी गरेका थिए ।त्यसयता सिलवाल फरार थिए । पक्राउ परेका सिलवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै विशेष ब्यूरोले मोरङ केराबारी गाउँपालिका– १० बाहुनी घर भएका ४२ वर्षीय देव कुमार लिम्बुलाई पनि सोमबार पक्राउ गरेको छ ।लिम्बुलाई हातहतियार तथा खरखजना संगठित अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments