Incident Reports

पत्नी हत्याका आरोपित गिरफ्तार

2019-12-26

Lumbini, Pyuthan, Mallarani, Ward 3

मल्लरानी गाउँपालिका – ३ की ६० वर्षीया लोकादेवी गिरीको हत्या आरोपमा प्रहरीले  पति ६५ वर्षीय खोडस गिरीलाई  पुस २१ गते घरबाट गिरफ्तार गरेको छ ।

पुस  १० गते देखि सम्पर्क  विहीन रहेकी लाकोदेवीको शव पुस २१ गते खरबारीमा गाडेको आवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक पक्षले पुस २१ गते आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो । डिएसपी कार्कीले  घटनाको थप अनुसन्धान भइरहेको बताउनु भयो ।

शवको पोष्टमार्टम  पुस २२ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको प्रहरीले जनायो ।

 रविन्द्र पाण्डे


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments