Incident Reports

बलात्कार आरोपित गिरफ्तार

2019-08-11

Bagmati, Sindhupalchok, Jugal, Ward 4

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका ४ पाङताङका ६३ वर्षीय जीतबहादुर तामाङलाई २०७६ पुस २२ गते बेलुका घरबाट प्रहरीले गिरफ्तार गरेको छ ।

पीडितले बलात्कार बिरुद्व २०७६ पुस २१ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले बताउनुभयो । डीएसपी काफ्लेका अनुसार पुस २१ गते चौतारा अस्पतालमा पीडितको स्वास्थ्य परिक्षण भएको छ ।

आरोपितले २०७६ साउन २६ गते घरमा बसेका बेला बलात्कार गरेको पीडितको आरोप छ । बलात्कारबाट पीडितको पेटमा छ महिनाको गर्भ रहेको पीडितले बताइन् । घटना हाडनाता भित्र परेकोले धेरै समयसम्म लुकेर बसेको स्थानियवासीको भनाई छ । पीडितलाई चौतारा स्थित महिला पुनस्र्थापना केन्द्रमा राखिएको छ । घटनाका आरोपितलाई हदैसम्मको सजायको माग कानुन ब्यवसायीले गरेका छन्  ।

नातिबावु धिताल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments