Incident Reports

गाउँपालिकाको वडा कार्यालयमा राखिएको कुकर बम निष्क्रिय

2020-01-08

Bagmati, Sindhuli, Marin, Ward 3

सिन्धुली– नेपाली सेनाको बम डिस्पोजल टोलीले सिन्धुलीको मरिण गाउँपालिका–३ मथौलीमा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको छ ।

सो गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा बुधबार फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले बिहीबार निष्क्रिय पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले शङ्कास्पद वस्तुलाई डिस्पोज गर्ने क्रममा ठूलो आवाजका साथ पड्किएकाले ‘प्रेसर कुकर बम’ हुनसक्ने जानकारी दिए ।

उनले निष्क्रिय टोली सदरमुकाम आएपछि थप जानकारी आउने बताए । सो वस्तु कसले राखेको हो भन्ने अझै पुष्टि हुनसकेको छैन । कार्यालयमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments