Incident Reports

यौनदुर्व्यवहारको आरोपमा गिरफ्तार

2020-01-07

Bagmati, Ramechhap, Ramechhap, Ward 1

१५ वर्षिया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा २०७६ पुस २३ गते रामेछाप नगरपालिका–१ गोठगाउँका १८ वर्षिय बिक्रम भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ ।

पुस २२ गते साँझ गोठमा बस्तुलाई घाँसपानी गर्न गएको बेला गोठमा नै आरोपीतले यौनदुर्व्यवहार गरेको पीडित बालिकाले बताइन् । आरोपीतलाई २०७६ पुस २३ गते स्थानीयले प्रहरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता रविभुषण यादवले बताउनुभयो ।

पीडितको मन्थली स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुस २३ गते नै स्वास्थ्य परिक्षण भएकोे प्रवक्ता यादवले बताउनुभयो ।

आरोपी जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन् । आरोपी उपर पुस २३ गते नै बलात्कारको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।

नवराज पथिक


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments