Incident Reports

हत्या भएको १० दिनपछि शव फेला, ७ अभियुक्त पक्राउ

2019-12-22

Bagmati, Sindhupalchok, Indrawati

काठमाडौ । पुस ६ गते राति ११ बजे सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका लामाटोल बस्ने पूर्णबहादुर तामाङको घर ढलान गरेर ना. ७ त २०९५ नम्बरको ट्र्याक्टर चढेका राजकुमार मुखिया बेपत्ता भए । भारतको बिहार स्थायी घर भएका मुखिया पर्सा जिल्लाको पोखरीया नगरपालिका ८ बस्दै आएका थिए । ३७ वर्षीय मुखिया घर तथा भवन ढलान गर्ने काम गर्थे ।

बेपत्ता भएको १० दिनपछि उनको शव मेलम्ची नगरपालिका–१० चप्लेटी पाखो बागमारास्थित सडकबाट करीब ५० मिटर तल खोलामा भेटियो । दिउँदो १ः ३० मा शव भेटिएको खबर पाएपछि प्रहरीले घटनास्थल पुगेर शवको मुचुल्का उठाउँदा उक्त शव राम कुमार मुखियाको भएको खुल्न आएको थियो ।

उनको हत्याको आरोपमा प्रहरीले उनकै साथीहरु प्रेम यादव, भोला माझी साह, राजेश मेष्तर, राजन साह, अशोक साह, विनोद पासवान, सन्तोष थापा मगरलाई पक्राउ गरेको छ । सामान्य वादविवाद हुँदा मदिरा सेवन गरेका साथीहरुले उनीमाथि कुटपिट गरी हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ । उनीहरुले मुखियामाथि कुटपिट गरी घाइते बनाइ भागेका थिए ।

घाइते मुखियालाई ठेकेदार समिर मियाँको मिलेमतोमा ट्याक्टरमा राखी मेलम्ची लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको अनुसन्धानमा खुलेको छ । मुखियाको मृत्यु भएपछि उनलाई त्यही चप्लेटी पाखोबाट फालेर फर्किएका ईलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर फल बहादुर तामाङले बताए ।

शव भेटेपछि प्रहरीले फरार रहेका प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा भोला माझी साह, राजेश मेष्तर, राजन साह, अशोक साह, विनोद पासवान, सन्तोष थापा मगलाई पुस १७ गते सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ फटकशिलामा लुकीछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो भने मुख्य अभियुक्त प्रेम यादवलाई नेशल मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट पक्राउ गरेको थियो । यसैगरी फरार प्रतिवादी समितर मियाँको खाजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports