Incident Reports

बैतडीमा बाबु र छोरा घरमै मृत फेला, घटना शंकास्पद

2020-01-09

Sudurpashchim, Baitadi, Shivanath, Ward 2

बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका–२ मा बाबु र छोरा मृत फेला परेका छन्। बिहीबार साँझ खाना खाएरसँगै सुतेका उनीहरु शुक्रबार मृत अवस्थामा भेटिएका हुन्।

 फेला पर्नेमा ५८ वर्षीय बालीराम सार्की र उनका ५ वर्षीय छोरा नवीन सार्की रहेका छन। सँगै सुतेकी १० वर्षीया छोरी आरती भने बेहोस अवस्थामा भेटिएकी थिइन्।

मृतककी श्रीमती र अन्य साना छोरीहरु भने नजिकै रहेको अर्को घरमा सुतेका थिए। बेहोस भेटिएकी आरती शर्माली स्वास्थ्यचौकीमा उपचारपछि होसमा आएकी छन्।

घटना कसरी भएको हो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको घटनास्थलबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले बताए। मृतकको शव पोस्टमार्टमका लागि मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 1
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports