2019-10-12
Province 1, Bhojpur, Bhojpur, Ward 11
भोजपुर- कान्छी आमासँगको अवैध सम्बन्ध लुकाउन आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमती र छोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका वडा–११ आम्त्तेकका दलबहादुर राईको हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी ८८ वर्षीय दलबहादुरको हत्यामा संलग्न राईकै कान्छी श्रीमती ५६ वर्षीया कर्णशोभा राई र छोरा ६५ वर्षीय हरीबहादुर राईलाई सार्वजनिक गरेको हो।
गत असोज २५ गते दसैंको टिका थापेर श्रीमती कर्णशोभासँगै बेलुकीपख अघिपछि भएर घर फर्किने क्रममा बेपत्ता दलबहादुरको गत मंसिर १ गते आम्त्तेककै अड्डेडाँडा छेउको सोहन खोलामा कङकाल फेला परेको थियो। अभियुक्तहरु हरीबहादुर र कर्णशोभा राईबीच अनैतिक सम्बन्ध भएकाले पूर्व योजना अनुसार हरीबहादुरले बुवा दलबहादुरको कर्णशोभाको घरछेउको बारीमा कर्णशोभाकै अगाडि घाँटि थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए।
त्यस्तै सोहि घटनामा संलग्न २८ वर्षीय सन्तोष विक र २१ वर्षीय नारायण विकलाई पनि प्रहरीले सार्वजनिक गरेको छ। उनीहरुले घटना स्थलबाट करिब ३ घण्टाको पैदलमा शवलाई डोकोमा बोकेर खोलासम्म लगेर फाल्नका लागि सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुलाई अभियुक्त हरीबहादुरले पाँच हजार दिएर शव फाल्न लगाएका थिए। अनुसन्धानकै क्रममा चारै जनाले कसैलाई नभन्ने सर्तमा घटना स्थलबाट शव लगेर खोलामा फालेको प्रहरीको भनाइ छ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | None |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance