Incident Reports

समाचार लेखेको आरोपमा दुई पत्रकारलाई डिएसपीको धम्की l

2013-12-17

Dev Raj Gurung समाचार लेखेको विषयलाई लिएर जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक गोविन्दप्रसाद आचार्यले दुई जना सञ्चारकर्मीलाई धम्की दिएको भन्दै ताप्लेजुङका सञ्चार संस्थाहरूले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । इमेज टेलिभिजनका समाचारदाता रविन भट्टराई र एविसि टेलिभिजनका समाचारदाता देवराज गुरुङलाई प्रहरी प्रमुख आचार्यले बनभोजमा सरकारी सवारीसाधनको दुरुप्रयोग भन्ने समाचार लेखेको विषयलाई लिएर पुस १ गते दिउँसो २ः३० बजे टेलिफोन मार्फत अभद्र रुपमा धम्किपूर्ण भाषाको प्रयोग गरी मानसिक तनाबमा परेको भन्दै सञ्चारसम्बध संस्थाहरूले पुस २ गते प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएका हुन् । पत्रकार महासङ्घ शाखा ताप्लेजुङ, आदिवासी जनजाति पत्रकार महासङ्घ ताप्लेजुङ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, संघीय लिम्बू पत्रकार परिषद र लिम्बू पत्रकार सङ्घले विज्ञप्ति प्रकाशन गरी डिएसपी आचार्यको कार्यप्रति आपति जनाएका छन् । पत्रकारलाई धम्की दिई सिङ्गो प्रेस स्वतन्त्रतामाथि नै आघात पुर्‍याएको जनाउँदै प्रतिकृया जनाउने प्रकृया र नियम हुँदाहुदै पनि जिम्मेवार व्यक्तिले आफ्नो दायित्ववोध विपरीत काम गर्नु विधि र प्रकृयाको उपहास भएको भन्दै यस्ता खाले प्रवृत्ति नदोहोर्‍याउन सम्बन्धित पक्षलाई विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । विज्ञप्तिमा पत्रकारिताको धर्म निर्वाह गरी स्वतन्त्र रुपमा काम गरिरहेका पत्रकारलाई यस्तो अभद्र व्यावहार नदोहोर्‍याउन आग्रह समेत गरिएको छ । मङ्‌सिर २९ गते शनिबार कर्मचारी मिलन केन्द्रको आयोजनामा भएको वनभोज कार्यक्रममा सरकारी सवारी साधनको दुरुप्रयोग गरिएको सम्बन्धी समाचार लेखेको विषयलाई लिएर आचार्यले पत्रकारद्वय गुरुङ र भट्टराईलाई टेलिफोन मार्फत धम्की दिएका थिए । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis