Incident Reports

भक्तपुरमा २० वर्षीय युवकले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा प्रहरी हवलदारसहित ४ जना घाइते

2020-01-12

Bagmati, Bhaktapur, Bhaktapur, Ward 20

भक्तपुर । भक्तपुरमा एक युवकले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा एक जना प्रहरी हवलदारसहित ४ जना घाइते भएका छन् ।

एक युवकले भक्तपुर–२० स्थित पाइपलाइनमा खुर्पा प्रहार गरी दुई जनालाई घाइते बनाएको सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो । 

घटनास्थलबाट जाजरकोटा नलगाढ घर भएका २० वर्षीय रामबहादुर विकलाई भाग्दै गरेको अवस्थामा पक्राउ गर्न खोज्दा विकले प्रहरीमाथि पनि खुर्पा प्रहार गरेका थिए । 

घाइते हुनेमा महानगरीय प्रहरी प्रभाग व्यवासीमा कार्यरत प्रहरी हवलदार जितेन्द्र यादव र प्रहरी जवान टोलबहादुर श्रेष्ठ रहेका छन् । त्यस्तै, खुर्पा प्रहारबाट कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र ४५ वर्षीया राजमती ज्याकिबन्जार पनि घाइते भएका छन् । थापाको मध्यपुर अस्पतालबाट थप उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरी उपचार भइरहेको छ भने ज्याकिबन्जारको मध्यपुर अस्पताल भक्तपुरमा उपचार भइरहेको छ ।

सूचना अधिकृत प्रहरी निरीक्षक पञ्चलाल गोलेका अनुसार विकले प्रहरीको बा २ झ १८५ नम्बरको सिआरभी भ्यानको सीसा समेत फुटाएका थिए । प्रहरीको सञ्चार सेटमा समेत क्षति पुगेको छ ।

विकलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 4
Female Injured 2
National/Online Media

0 Comments

Related Reports