Incident Reports

बाबु-आमाको झगडाले ६ वर्षीया छोरी घाइते

2019-07-23

Province 1, Morang, Biratnagar

विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङ प्रवेश गर्ने मुख्य गेटमा मंगलबार दिउँसो ठूलै जमघट थियो। कार्यालयको महिला तथा बालबालिका सेलमा एक दम्पत्तीको झगडाबारे छलफल भइरहेको थियो।

विराटनगर महानगरपालिका-६ ब्रह्मपुराका किसन कामत र पत्नी सुशीला मण्डलबीचको खटपटमाथि छलफल चल्दै थियो।

साउन २ गते पतिले कुटपिट गरेपछि सुशीला ६ वर्षीया छोरीसहित इनरुवामा रहेको दिदीको घरमा बस्दै आएकी छन्। पतिको कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको छ।

सुशीलाले घर छोडेपछि किसनले साउन ९ गते पत्नी हराएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिए। दम्पत्तीको विवाद मिलाउन प्रहरीले दुवै पक्षलाई मंगलबार प्रहरी कार्यालयमा बोलाएको थियो।

छलफलमा सुशीला बुबा श्रवण, भाइ वीरेन्द्रसहित आफन्त लिएर उपस्थित थिइन्। आमा रेखा र हजुरआमासहित कामत भने ठूलै दलबलसहित प्रहरी कार्यालयमा पुगेका थिए।

आठ वर्षअघि प्रेम विवाह गरेकी सुशीलाले किसनसँग बस्न नसक्ने भन्दै कानुनी बाटो रोजेकी हुन्। मंगलबार दिउँसो छोरीको हात समाउँदै सुशीला छलफलका लागि प्रहरी कार्यालयको गेटमा पुगेकी थिइन्।

किसन पक्षका आफन्तले ६ वर्षीया छोरीको हात तान्न थाले। श्रीमान पक्षले छोरी तानेपछि सुशीलाले पनि छोरीको हात छोडिनन्।

दुई पक्षबीच तानातान हुँदा बालिका घाइते भइन्। केही समय दुई पक्षको तानातान चलेपछि गेटमा परिचालित प्रहरीले बल प्रयोग गरर स्थिति नियन्त्रणमा लियो।

‘कानुनले नाबालक हुँदासम्म बच्चालाई आमासँगै बस्न पाउने अधिकार दिएको छ,’ सुशीलाका भनाइ वीरेन्द्र मण्डलले भने, ‘तर जबरजस्ती लान खोज्दा नाबालिकाको हात नै खुस्कियो।’ उनले लामै समयदेखि अनेक यातना दिने गरेका कारण दिदी भिनाजुुसँग बस्नै नसक्ने अवस्थामा पुगेकाले यस्तो अवस्था सिर्जना भएको बताए।

सुशीलाले छोरीलाई जबरजस्ती तानेर हात खुस्काइदिएको भन्दै पति किसन, आमा रेखा, हजुरआमा धनेश्वरीसहित घटनामा संलग्नविरुद्ध मंगलबारै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन्। घाइते बालिकाको कोसी अस्पतालमा उपचार भइरहेको छ।

किसनले घरसायी झगडा भएको बताउँदै श्रीमती आफूसँग नबसेपछि छोरी राख्न पाउनु पर्ने दाबी गरे।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले आमासँग बस्न पाउने अधिकार हनन् गर्ने गरी तानेर नाबालिकालाई घाइते बनाएको विषयमा अनुसन्धान सुरु भएको बताए। ‘घटनाका विषयमा जाहेरी परेका कारण गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘यसमा संलग्न सबै जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइने छ।’

बालिकालाई जबरजस्ती तान्न प्रहरी कार्यालयको गेटमा पुगेको समूह। तस्बिर : किशोर बुढाथोकी

  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments