Incident Reports

जेसीजका प्रतिनिधिको रहस्यमय मृत्यु

2019-12-29

Bagmati, Chitawan, Ratnanagar, Ward 9

नेपाल जेसीजको ४६औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनको रत्ननगर आएका काभ्रेका एक व्यक्तिको रहस्यमय मृत्यु भएको छ । काभ्रे जेसीजका उपाध्यक्ष कृष्णकुमार मानन्धरको रहस्यमय मृत्यु भएको हो ।

पुस ११ गते महाधिवेशन स्थल होटल स्टार बेन्क्युटबाट एकाएक हराएका ३५ वर्षीय मानन्धरको १३ गते आइतबार बेलुका रत्ननगर ९, भेँडीमा रहेको इनारमा शव भेटिएपछि प्रहरीले सोमबार बिहान निकालेको थियो । 

इनारबाहिर मानन्धरको ज्याकेट र महाधिवेशनको कार्डसमेत फेला परेको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी भावेश रिमालले जानकारी दिए । पोस्ट मार्टमका लागि मानन्धरको शवलाई काठमाडौँको टिचिङ अस्पताल पठाइएको छ । परिवारको आग्रहमा शव टिचिङ अस्पताल पठाइएको डिएसपी रिमालले बताए ।

मानन्धर हराएको दिन पुस ११ गते जेसीजको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । निर्वाचनकै दिन दिउँसो करिब १ बजेदेखि मानन्धर हराएका थिए ।

‘शवमा कुनै पनि चोटपटक छैन’, डिएसपी रिमालले भने, ‘घटना हेर्दा आफैँ इनारमा हाम फालेर मरेका हुन् या हत्या गरेर फालेको हो भन्न सक्ने अवस्था छैन ।’ डीएसपी रिमालले पोस्टमार्टम रिपोर्ट आइसकेपछि घटनाको सत्यतथ्य खुल्ने बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Chitwan , National/Online Media

0 Comments

Related Reports