Incident Reports

कञ्चनपुरमा प्रहरी विरुद्ध फेसबुकमा जथाभावी लेख्ने युवक पक्राउ

2020-01-17

Sudurpashchim, Kanchanpur, Bedkot, Ward 2

कञ्चनपुरमा प्रहरी विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेको भन्दै एक युवक पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका २२ वर्षीया पारसमणी जोशीले फेसबुकमा वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक मोहनजंग बुढाथापा विरुद्ध जथाभावी लेखेको भन्दै पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले जोशीलाई सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेको भन्दै पक्राउ गरी अनुसन्धान भईरहेको जानकारी दिए। चन्दका अनुसार अनुसन्धानपछि जोशी विरुद्ध साईबर अपराध अन्तरगत मुद्धा चलाईनेछ।

जोशीले वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक बुढथापा विरुद्ध अश्लील शब्द लेखेर व्यक्तिगत चरित्र हत्या गरी सामाजिक प्रतिष्ठामा समेत खलल पु¥याएको दावी गरिएको छ।

 .......

कञ्चनपुर: राजनीतिक दबाबमा छुटेका इन्सपेक्टरलाई गाली गर्ने युवक फेरी पक्राउ

२०७६ माघ ४, ०१:१८

कञ्चनपुरमा प्रहरी निरिक्षकलाई सामाजिक सञ्जाल फेसबुक मार्फत जथाभावी गालीगलौज गरी राजनीतिक दबाबमा छुटेका युवक फेरी पक्राउ परेका छन्। जिल्लाको वेदकोट नगरपालिकाको बागथलाका पारसमणी जोशीलाई जिल्ला प्रहरी कार्यालयले फेरी पक्राउ गरेको हो।

कांग्रेस निकट नेविसंघका विद्यार्थी नेता समेत रहेका जोशीलाई शुक्रबार दिउँसो फेरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक मोहनजंग बुढथापालाई सामाजिक सञ्जाल फेसबुकबाट अश्लील शब्द प्रयोग गरी गाली गरेको भन्दै बीहिबार साझ पक्राउ परेका जोशीलाई राजनीतिक दबाबमा प्रहरीले हिरासतमा नलिएरै छाडेको थियो। 

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले मिडियालाई झुक्याउँदै नियन्त्रणमै रहेको झुठो प्रतिक्रिया दिएका थिए। तर प्रहरी निरिक्षक मोहनजंग बुढथापाको जाहेरीपछि जोशीलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments