Incident Reports

हेटौंडामा मृत भेटिइन् युवती, हत्या गरेको आशंकामा श्रीमान् पक्राउ

2020-01-19

Bagmati, Makawanpur, Hetauda, Ward 18

मकवानपुरको हेटौंडामा आइतबार बिहान एक युवतीको शव फेला परेको छ।

हेटौंडा १८ दियावतीकी २५ वर्षीया मीना अधिकारीको शव घर नजिकै एक्लेखेतमा फेला परेको प्रहरीले जनाएको छ।  

घटनास्थलमा रगत देखिएको हुँदा उनको हत्या भएको हुनसक्ने प्रहरी निरीक्षक लगनप्रसाद कुर्मीका आशंका गरे।

प्रहरीले मृतक अधिकारीको श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कर्मीले बताए।

यसअघि शनिबार पनि हेटौंडामा एक युवतीको शव फेला परेको थियो।

 Update: 

हेटौंडाकी अजिता भुजेलको बलात्कारपछि हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। मकवानपुरको क्याम्पाडाडाँमा गत माघ ४ गते बिहान तेस्रो लिंगी भुजेलको शव अर्धनग्न अवस्थामा फेला परेको थियो। घटनाको १७ दिनपछि मंगलबार प्रहरीले भुजेलको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिकाकी २० वर्षीया एलिसा पाख्रिन, २४ वर्षीय आशिष बल, २१ वर्षीय बुद्ध लामा, १८ वर्षीय सिमोन परियार र २५ वर्षीय शुसिल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए।

उनीहरूले थानाभञ्याङमा ना ६ ख ६५२७ नम्बरको ट्रकभित्र भुजेलको हत्या गरेर क्याम्पाडाँडामा लगेर फालेको अनुसन्धानबाट खुलेको छ।

कुर्मीका अनुसार सात हजार रुपैयाँ दिने सहमतिमा यौनसम्पर्क राखे पनि पछि पैसाको निहुँमा विवाद उत्पन्न भएको थियो।

विवाद बढ्दै गएपछि उनीहरूले अजितालाई ट्रकभित्र बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेको अनुसन्धानबाट खुलेको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments