Incident Reports

प्रद्यानाध्यापकद्धारा छात्रामाथि कुटपिट गरेको पीडितको आरोप

2020-01-20

Karnali, Surkhet, Birendranagar, Ward 12

वीरेन्द्रनगर नपा–१२ स्थित अम्मरज्योती नमुना माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत १५ वर्षीया छात्रा मनिषा बादीलाई सो माविका प्रद्यानाध्यापक खगेन्द्र थापाले अपमानजनक शब्द बोल्दै कुटपिट गरेको पीडित पक्ष आरोप लगाएका छन् ।

पीडित मनिषाका अनुसार बस्ने ठाँउ नपुगेर अघिल्लो बेन्चमा बसेको भन्दै प्रद्यानाध्यापक थापाले माघ ६ गते त राष्ट्रिय झल्लिनी भन्दै पाइपको लटठीले कुटपिट गरेको पीडितले बताउनु भयो । कुटपिटबाट घाइते भएकी मनिषाको स्थानीय देउती नर्सिङ्ग होममा उपचार भयो । प्रद्यानाध्यपकको बिरुद्ध उजुरी दिएमा कारवाही गर्ने त्रासले पीडितले कही उजुरी दिएका छैनन् ।

सो घटनापछि कक्षा कोठामा सहपाठीहरूले राष्ट्रिय झल्लिनी भन्दै जिस्क्याउने गरेकाले थप पीडा भोग्नुपरेको मनिषाले बताइन । घटनाका आरोपित प्रद्यानाध्यापक थापाले मनिषालाई कुटपिट गरेको अस्वीकार गरेका छन् ।

दुर्गा थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments