Incident Reports

बोक्सी आरोपमा गाउँलेबाट बहिष्कार l

2013-12-25

Province 1, Sankhuwasabha, Panchakhapan

Chhetu Sherpa जलजला गाविस-२ की पेमदिकी शेर्पालाई बोक्सीको आरोप लगाई गाउँलेले वर्षैदेखि बहिष्कार गरेका छन् । शेर्पाको घरमा गएर खानेकुरा खाँदा पेट बिग्रिने गरेको र पछिल्लो समयमा मृत्यू समेत हुने गरेको आरोप लगाउँदै बोक्सीको आरोपमा उनलाई गाउँमा बहिष्कार गरिएको हो । केही वर्षअघि देखिनै गाउँलेहरू उनको घरमा नजाने र सामाजिक कार्यमा बहिष्कार गर्दै आएका छन् । जलजला गाविस-२ का पेमाछिरी शेर्पाललामा, धामी र निरक्षक गाउँलेले गाउँलेले बोक्सीको आरोप लगाएर पेमदिकीलाई एकल बनाएका बताए । अहिले विवाह, भोज र गाउँमा हुने सार्वजनिक कार्यमा पेमादिकीलाई प्रवेश नदिने र जानकारी समेत नदिने गरेको शेर्पाले बताए । उनी हाल कान्छा छोरा साङ्गे शेर्पा र कान्छी छोरी दादिकी शेर्पासँग बस्दै आएकी छन् । ०५९ सालमा तात्कालीन विद्रोही माओवादीले पति लाक्पा शेर्पालाई हत्या गरेपछि गाउँलेले उनी प्रति हेर्ने दृष्टीकोण फरक गर्ने गरेको उनले बताए । "मैले केही पनि गरेको हैन गरेको पनि छैन तर गाउँलेले मलाई सार्वजनिक ठाउँमा बोक्सी भन्दै कार्यक्रमहरूमा आउन दिएका छैनन्" पीडितले बताइन् । निरक्षर परिवारले सम्बन्धित निकायमा हालसम्म उजुरी दिएका छैनन । तीन छोरा र तीन छोरीको आमा रहेका उनी गाउँलेले यसरी आरोप लगाएको भन्दै दुखि भएको र अब कानुनी रुपमा लाग्ने बताइन् । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis