Incident Reports

विप्लव कार्यकर्ता बमसहित पक्राउ

2020-01-21

Province 1, Sankhuwasabha, Sabhapokhari, Ward 3

सङ्खुवासभाको सभापोखरीबाट रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित प्रहरीले  नेत्रविक्रम चन्द ‘विप्लव’ समूह एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर बमसहित पक्राउ परेका मादी नगरपालिका–५ मूलखर्कका सोमबहादुर तामाङलाई सार्वजनिक गरेको हो ।

 सोमबहादुरको साथबाट प्रहरीले एक क्वायल कालोतार, प्लाष्टिकले मोडिएको बम, ३३ नम्बरको डेटोनेटर नौ थान, सकेट बम एक थान, रातो सेफ्टीफ्यूज दुई इन्च र अन्य बन्दोबस्तीका सामग्री फेला पारेको हो ।   सोमबहादुरको साथबाट फेला परेका सबै प्रकारका बम सेनाको खाँदबारीमा रहेको बराहदल गुल्मका सहसेनानी टङ्क कुँवरको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले सोमबहादुरलाई सभापोखरी गाउ“पालिका–३ सुनाम्लाबाट विशेष सुराकीका आधारमा मङ्गलबार पक्राउ गरेको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Sunsari

0 Comments