2020-01-22
गएराती दाङ्गमा एक वृद्धले बुहारीको हत्या गरेका छन् । नातीलाई सँगै सुत्न नपठाएको झोकमा निर्मम ढङ्गले बुहारीको चक्कु प्रहार गरि हत्या गरेका हुन् ।
जिल्लाको गढवा गाउँपालिका– ४, रामनगरका ६५ वर्षीय कुलमान योगी कुँवरले आफ्नै २७ बर्षीया बुहारी बसन्ता योगी कुँवरको पेट, ढाड र छातीमा निर्मम ढङ्गले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी बसन्तालाई तत्कालै उपचारका लागि कोहलपुर अस्पताल लगिएपनि डाक्टरले गएराती ११ बजे नै मृत घोषणा गरेका हुन् । बुहारीको हत्या अभियोगमा कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
बुहारी हत्या अभियोगमा पक्राउ परेका योगीमाथि कर्तव्य ज्यान मुद्दा अदालतमा दायर गरिएको दाङ्गका प्रहरी प्रमुख एसपी जनक भट्टराईले रातोपाटीलाई जानकारी दिए ।
घटनाको कारण
घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक भरत राठौरका अनुसार गएराती करिव साढे ८ बजेको समयमा घरमा खाना खाने बेला भएको थियो । कान्छी बुहारी बसन्ताका श्रीमान सञ्जय योगी कुँवर कुखराको दाना किन्न भन्दै बजार गएका थिए । बसन्ता आफ्नी एक मात्र सन्तान ७ बर्षीया छोरी र जेठाजुका ९ बर्षका छोरा समेतलाई खान खुवाउँदै थिइन् ।
बसन्ताकी जेठानीको नाम पनि बसन्ता नै हो । बेग्लै घरमा जेठानी बसन्ता र उनका छोराछोरी बस्ने गरेका थिए । जेठानीका एक छोरी र एक छोरा छन् । तीमध्ये ९ बर्षीय नातीसँग हत्या अभियोगी वृद्धले सधैँ सँगै सुताउँदै आएका थिए । तर, गत ४÷५ दिनयता हजुरबुबासँग सुत्न जान उनी पटक्कै मान्न छाडेका थिए ।
६ महिनाअघि ती वृद्धकी श्रीमती अर्थात ति बालककी हजुरआमाको मृत्यु भएपछि हजुरबुबाले उनकै आमाले पकाएको खाना खाँदै आएका थिए । त्यसदिन पनि खाना खाएर नातीलाई सुत्नका लागि बोलाउन पठाए । हिजो राती पनि सँगै सुत्न नमानेपछि कान्छी आमाको घरमा लुक्न गएका नातीलाई मलाई नातीसँग सुत्न जान रोक्ने यहि हो (कान्छी बुहारी बसन्ता) भन्दै चक्कु लिएर घरभित्र पसे ।
खाना खाँदै गरेको अवस्थामा पहिला बसन्ताको पेटमा निर्मम ढङ्गले चक्कु दागेर रगतको पोखरी पार्दै ढलाए । बसन्ताले ‘बचाओ.. बचाओ..’ भन्दै गुहार मागेपछि जेठानी दिदी जोगाउन अल्लो घरमा आएर हेर्दा देउरानी बसन्ता चिच्चाउँदै थिइन् । बचाउन खोज्ने क्रममा जेठी बुहारीमाथि पनि जाइलाग्न थाले ।
बसन्तालाई फेरी ढाड शरीरका अन्य अङ्गमा पनि चक्कु प्रहार गर्न नछाडेपछि आफू र दुवैतर्फका तीन सन्तानको समेत ज्यान जाने डरले जेठी बुहारीले बच्चाहरु जेगाउँदै त्यहाँबाट भागेर बचिन् ।
नाती सुत्न आउन नमानेको दोस्रो दिन अर्थात तिन दिनअघि पनि जेठी बुहारीलाई समेत चक्कु हान्ने प्रयास गरेको प्रहरी निरीक्षक राठौरले बताए । त्यसअघि आफ्ना छोराहरुलाई समेत चक्कु हानेको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक राठौरको भनाइ छ ।
हजुरबुबासँग सधैँ सँगै सुत्ने नाती केहिदिन यता हजुरबुबाले सिरानीमा चक्कु राख्दै आएको देखेर हो वा अन्य कारणले केहि दिन यता नाती हजुरबुबासँग सुत्न जान किन मान्न छाडे ? भन्ने बिषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Sharp weapon |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
Female Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19