Incident Reports

गृहकार्य हेर्ने बहानामा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप

2020-01-23

Province 1, Morang, Biratnagar, Ward 8

९ माघ, विराटनगर । बालिकामाथि यौन दुर्व्यवहारको आरोप लागेका विराटनगरको एक धार्मिक विद्यालयका प्रमुख फरार भएका छन् । दुई छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रधानाध्यापक (मौलवी) अमरुद्धिन मियाँ फरार भएका हुन् ।

विराटनगर- ८ अशोक चोकमा रहेको ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का मौलवी मियाँले मंगलबार र बुधबार छात्रालाई यौन दुव्र्यवहार गरेका थिए । बालिकाले जिल्ला प्रहरी कार्यालय मोरङका किटानी जाहेरी दिएपछि उनी फरार भएका हुन् ।

जाहेरीपछि मियाँलाई खोज्न प्रहरी पुगेको थियो । तर मियाँलाई नभेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । बालिकाको जाहेरी आएपछि अनुसन्धान सुरु गरिएको उनले बताए ।

सात वर्षयता मदरसाका कुरान पढाइरहेका मियाँले मंगलबार १४ वर्षीया र बुधबार १३ वर्षीया बालिकालाई कार्यकक्षमा बोलाएर यौनदुव्र्यवहार गरेका थिए । स्थानीयका अनुसार मदरसा पढ्ने करिब २० जना बालबालिका छन् । ती मध्ये ठूला भनेका तीन जना छन् ।

मंगलबार मौलवीले सबै विद्यार्थीलाई गृहकार्य दिएका थिए । गृहकार्य देखाउनका लागि अफिसमा बोलाएर जवरजस्ती करणीको प्रयास गरेपछि १३ वर्षीय बालिकाले प्रतीकार गरेकी थिइन् ।

घटना कसैलाई सुनाए बुबा-आमाको बदनाम गर्ने धम्की दिएपछि बिहीबार बिहान बालिका मदरसा गइनन् । घरबाट स्कुल पठाउन खोज्दा उनले घटना बारे सुनाएपछि स्थानीय र बालिकाका अभिभावक जिल्ला प्रहरी कार्यालय मोरङ आएका थिए ।

१३ वर्षीय बालिकाले जाहेरी दिएपछि सोही मदरसा पढ्ने १४ वर्षीया बालिकाले पनि जाहेरी दिएकी छन् । घटना बाहिर आए बदनाम हुने डरले बसेकी बालिका साथीले जाहेरी दिएपछि आफूलाई पनि आँट आएको बताइन् ।

स्थानीयबासीका अनुसार यसअघि पनि मौवलीविरुद्ध यौन दुव्र्यवहारको आरोप लागेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments