Incident Reports

बहुविवाहका आरोपित धरौटीमा रिहा l

2013-12-26

Province 1, Udayapur, Triyuga

Durga Pariyar बहुविवाहका आरोपित धनगढी गाविस-५ का २५ वर्षीय कुमार श्रेष्ठलाई जिल्ला अदालत सिरहाले पुस ८ गते १५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ । सिरहा जिल्ला अदालतका न्यायधीश बिनोदकुमार पोखरेलको एकल इजलासले सो आदेश गरेको जिल्ला सरकारी वकिल हरि कुमार पोखरेलले बताए । पीडित २३ वर्षीया कल्याणी श्रेष्ठले पतिले मङ्‌सिर १९ गते उदयपुर जिल्लाको त्रियुगा नपा-१ बस्ने १८ वर्षीया अनिता खडकासँग बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा मङ्‌सिर २० गते उजुरी दिएकी थिइन । इलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार पीडितको जाहेरीको आधारमा आरोपित श्रेष्ठलाई मङ्‌सिर २१ गते गिरफ्तार गरी अनुसन्धानपछि अदालत पेश गरिएको थियो । यसैगरी, हरकट्टी गाविस-१ घर भई हाल पडरिया गाविस-७ बस्ने २२ वर्षीय जीबछ साहलाई पनि पुस ८ गते जिल्ला अदालत सिरहाले २५ हजार धरौटीमो रिहा गरेको छ भने प्रमिला चौधरीलाई साधारण तारेखमा रिहा गरेको छ । जिल्ला अदालतका न्यायधीश बिनोदकुमार पोखरेलको एकल इजलासले सो आदेश गरेको जिल्ला सरकारी वकिल हरिकुमार पोखरेलले बताए । पति जीबछले प्रमीला चौधरीसँग बहुविवा गरेको आरोपमा पीडित २० वर्षीया निर्मलादेवी साहले इलाका प्रहरी कार्यालय लहानमा मङ्‌सिर ७ गते उजुरी दिएकी थिइन । इलाका प्रहरी कार्यालय लहानले मङ्‌सिर १७ गते जीबछ साहलाई र मङ्‌सिर १६ गते प्रमिला चौधरीलाई गिरफ्तार गरी हिरासतमा राखि अनुसन्धानपछि अदालत पेस गरेको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis