Incident Reports

छोरीको हत्या भएको माइतीको आरोप

2019-12-16

Province 1, Sunsari, Bhokraha, Ward 6

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ मा मंसिर ३० गते एक महिलाको हत्या भएको दावी गरेको छ ।

दुई छोराछोरीकी आमा रहेकी ५ वर्षिया मुनिया देवी मण्डलको हत्या भएको माइती पक्षले दावी गरेको छ ।

बैदेशिक रोजगारमा रहेका ज्वाँई २८ वर्षिय पन्नुलाल मण्डल स्वदेश फर्केको डेढ महिनापछि छोरीको हत्या गरेको पीडितकी बुवा कुमोद मण्डलले दाबी गरेका हुन् । आफुहरुलाई कुनै जानकारी नदिई छोरीको घाँटी थिचेर हत्या गरेको मण्डलको आरोप रहेको छ । छोरी मुनियाँको जातीय परम्परा अनुसार बिवाह गरेको आठ वर्षपछि दहेज र अन्य आरोप लगाउँदैं हत्या गरेको भन्दै दोषीलाई कार्वाही गर्नुपर्ने माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले घटनाको भोलीपल्टै उजुरी लिन नमानेपछि पुस २ गते हुलाक मार्फत उजुरी पठाएको पीडित पक्षको भनाई रहेको छ । 

भारतको अररिया जिल्ला बिहार राज्यको मटिहानी ग्रामपञ्चयात माइत भएकी मुनियाँको ससुराली आएको भोली पल्ट मंसिर ३० गते हत्या भएको बताइएको छ । ज्वाई स्वदेश फर्केपछि पन्नुलाल आफनो ससुरासँग घर बनाउने नाममा २ लाख रुपैयाँ पटक पटक माग गरेको र ससुराले घर बनाउने समयमा दिन तयार रहेको भएपनि छोरी घर गएको केही दिनमा हत्या भएको थियो । छोरीको हत्या नेपालीभुमीमा भएकोले न्याय क्षेत्रमा काम गर्ने बिभिन्न सरोकारवालाहरुले पनि यस विषयमा सहयोग गरिदिनका लागि अपिल गरेका छन् । छोरीको हत्या भएको झण्डै तीन साता बित्न लाग्दापनि सुनसरी प्रहरीबाट सहयोग नपाएको गुनासो गर्दै घटनाको छानबिन गरी दोषीलाई कार्वाही गर्नका लागि पहल गरिदिनका लागि सरोकारवालाहरुसँग अनुरोध समेत गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Local Newspaper - Sunsari

0 Comments