Incident Reports

सखुवासभामा सिमाना मिचेको विरोधमा मोदीको पुत्ला दहन

2019-11-08

भारतले हालै निकालेको नयाँ नक्साको बिरोधमा देश पुरै तातेको छ । सोहि विरोधमा संखुवासभाको सदरमुकाम खाँदबारीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।

भारतको नयाँ नक्सामा नेपाली भूमि राखिएपछि विरोध फेरि सतहमा आएको हो । यसअघिका दिनमा पनि भारतले सिमा मिचेका कुरा बाहिर नआएको भने होइन । संखुवासभामा युवाहरुको नेतृत्वमा सदरमुकाम खाँदबारीको चाँदनी चोकमा मोदीको पुतला दहन गरेका हुन् । 

स्थानिय युवाहरु ध्रुव खड्का, सरोज श्रेष्ठ, सुबोध खतिवडा सहित सयौंको संख्यामा खाँदबारीका स्थानियहरुले ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै मोदीको पुत्ला दहन गरेका थिए । कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता नेपालका ऐतिहासिक भूमिमा भारत सरकारले गिद्धे नजर लगाएको युवाहरुले आरोप लगाएका छन् ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ । 

भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ । भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरूले नेपालको भूभाग भारतीय नक्साबाट हटाउन समेत माग गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Sunsari

0 Comments