Incident Reports

कोहलपुरमा बालिकालाई यौन दुराचार प्रयास गरेको आरोपमा युवक पक्राउ

2020-01-22

Lumbini, Banke, Kohalpur

बाँकेको कोहलपुरबाट यौन दुराचार प्रयासको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन । कोहलपुर नगरपालिका वडा नं ११ स्थित एक होटल संचालकी ११ वर्षिय छोरीलाई यौन दुराचार गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरिक्षक कुलदेव चन्दका अनुसार बालिकाको परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरी अनुसन्धान पक्रिया अगाडी बढाईएको छ । वालिकाको स्वास्थ्य परिक्षण गरी अनुसन्धानकालागि कानुनी प्रक्रिया सुरु गरीएको चन्दले बताए । 

बुधबार बेलुका होटलमा खाजा खान आएका ब्यक्तिले वालिकालाई यौनदुराचार गरेको भन्दै वालिकाका परिवारले ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गराएका थिए । सोही उजुरीका आधारमा अनुसन्धान अगाडी बढाईएको चन्दले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Banke

0 Comments