Incident Reports

मोरङको सिँहदेबीमा अज्ञात समुहबाट एनसेल टावरमा बिस्फोट

2020-01-26

Province 1, Morang, Kerabari, Ward 2

अज्ञात समुहले मोरङको उत्तरी पहाडी क्षेत्र केरावारी गाउँपालिका २ स्थित सिँहदेबीको सोमवारेमा रहेको एनसेल टावरमा बम बिस्फोट गराएको छ।

आज साँझ ७ बजेतिर अज्ञात समुहले एनसेल टावरमा बम बिस्फोट गराएको स्थानियबासीले जानकारी गराएका छन ।

टावरमा बम बिस्फोट भएपछि त्यहाँको एनसेले फोन सेवा अरुवद्ध भएको छ ।

घटनास्थल पुर्वपश्चिम राजमार्गदेखी करिब ३० किमी उत्तर पहाडी क्षेत्रमा पर्छ ।

सिँहदेबी मोरङ र धनकुटा जिल्ला जोडने स्थान हो ।

घटनामा के कति क्षति भएको भन्नेबारे कुनै विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। मोरङको उत्तरी क्षेत्रमा प्रहरीको उपस्थिती छैन ।

५ माघ साँझ मोरङको मिक्लाजुङ गाप १ आइतबारे नजिक अज्ञात समुहले ३ वटा स्काभेटरमा आगजनी गरेको थियो ।

१० माघ शुक्रबार साँझ मोरङको केरावारी गाउँपालिका भवनमा अज्ञात समुहले प्रेसरकुकर बम बिस्फोट गराएको थियो ।

मोरङमा माघ पहिलो हप्तादेखी उत्तरी क्षेत्रमा श्रृंखलाबद्ध हिँसात्मक घटना बढिरहेका छन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments