Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-01-24

Province 1, Khotang, Diprung, Ward 5

१५ वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला खोटाङ दिप्रुङ गाउँपालिका–५ का ३१ वर्षीय ध्रुव पान्डेलाई माघ १२ गते गिरफ्तार गरेको छ ।

आरोपितले माघ १० गते यौन  दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले बताउनुभयो ।

आरोपित पाण्डे राधाकृष्ण माध्यमिक विद्यालयका शिक्षक हुन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १० गते भयो ।

गणेश विष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments