Incident Reports

श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

2019-11-02

Lumbini, Banke, Khajura, Ward 2

बाँकेमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ।

खजुरा गाउँपालिका वडा-२, सीतापुरमा गएराति गीता घर्तिमगरको कुटाईले महेन्द्रकुमार घर्तिको मृत्यु भएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय, धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाका अनुसार, राति ९ बजेपछि श्रीमान र श्रीमती बीच झगडा भएको थियो । त्यसक्रममा हात हालाहाल भयो । श्रीमतीले काठको चिपटले टाउकोमा हान्दा श्रीमान ढलेपछि शुरुमा स्थानीय मेडिकलमा लगेर उपचार गरिएको थियो । मेडिकलमा घाउमा केही टाँका लगाएर थप उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा महेन्द्रको बाटोमै मृत्यु भएको थियो।  

मदिरा सेवन गरेका श्रीमानसँग श्रीमतीको धान बेच्ने विषयमा झगडा भएको बताइन्छ । झगडाले उग्ररुप लिदै कुटपिटसम्म पुगेको थियो ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Banke , Local Newspaper - Surkhet

0 Comments

Related Reports