Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-01-23

Sudurpashchim, Dadeldhura, Alital, Ward 5

१७ वर्षीया बालिकालाई माघ ९ गते आलिताल गाउँपालिका– ५ बाहिरीसैनका २८ वर्षीय हुकुम ताम्राकारले यौन दुर्व्यवहार गरेको आरोपमा माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित पक्षले माघ १० गते जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा उजुरी दिएपछि आरोपितलाई आलितालबाटै गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १० गते जोगवुडा अस्पतालमा गरिएको प्रहरीले जनायो ।

 भुपेन्द्र बिष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments