Incident Reports

६५ वर्षीया महिलाको हत्या, घटना शङ्कास्पद

2020-01-26

Gandaki, Lamjung, Sundarbazar, Ward 7

सुन्दरबजार नपा–७ पाउँदी घर भएकी ६५ वर्षीया सीता पोखरेल आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।

०७६ माघ १२ गते अज्ञात समूहले पोखरेलको हत्या गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी रवीन्दमान गुरुङले बताउनुभयो ।

डिएसपी गुरुङका अनुसार मृतकको शव नजिक धारिलो हतियार र बन्चरो समेत फेला परेकोले यो हत्या भएको बताउनुभयो ।

छिमेकीले सीतालाई मृत देखेपछि प्रहरीलाई खबर गरेको, घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी इन्स्पेक्टर बसन्तबहादुर रानाले बताउनुभयो ।

पोखराको डग सेक्सनबाट कुकुर मगाएर अनुसन्धान थालिएको भएपनि हत्यारा पत्ता नलागेको जानकारी डिएसपी गुरुङले दिनुभयो ।

एकलै बस्दै आएकी मृतकका सुनका गहना समेत लुटिएका छन् । गहना लुट्टनको लागि नै पोखरेलको हत्या भएको हुनसक्ने डिएसपी गुरुङले बताउनुभएको छ ।

घटना अनुसन्धानकै क्रममा भएकोले मृतकको शव नचलाइएको डिएसपी गुरुङको भनाइ छ ।

 दलबहादुर मजाकोटी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Local Newspaper - Kaski

0 Comments