Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-01-26

Karnali, Jajarkot, Bheri, Ward 2

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित भेरी नपा–२ डिंगाका ४६ वर्षीय दलबहादुर पुनलाई प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ ।

महिला घरमा रहेको अवस्थामा माघ १२ गते राति १० बजे पुनले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जिल्ला अदालतले आरोपितलाई पाँच दिन थुनामा राखि अनुसन्धान गर्न माघ १३ गते आदेश दिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका मुद्दा शाखाका हवल्दार ओमकार शर्माले बताउनु भयो । आरोपित उपर जवरजस्तीकरणी उद्योगमा मुद्दा चलाइने हवल्दार शर्माले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल खलंगामा माघ १३ गते भएको प्रहरीले जनाएको छ ।

दिनेश कुमार श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments