2020-01-29
१६ माघ, चितवन । चितवनको माडीमा एक वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ गरेका छन् । माडी नगरपालिका वडा नं. २ सितलपुरमा बोल्न नसक्ने वृद्धामाथि बुधबार साँझ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
सामूहिक बलात्कारको आरोप लागेका माडी ४ शिलतपुर निवासी १८ वर्षका सन्दिप भण्डारी, २८ वर्षका रमेश सारु मगर र २५ वर्षका सुरेश चापागाईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिए ।
पूजा भएको ठाउँबाट घर फर्किन लागेकी वृद्धालाई खोला नजिक लगेर तीन जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरिरहेको अवस्थामा पीडितका दाजुले देखेपछि सन्दिप भण्डारीलाई घटनास्थलबाट नै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरिएको थियो । अन्य दुई जनालाई भण्डारीकै सूचनाका आधारमा पक्राउ गरिएको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीबाट बिहीबार बिहान जिल्ला सदरमुकाम भरतपुरतर्फ पठाइएको छ । पीडित महिलालाई पनि स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाउने तयारी गरिएको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 3 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Raped | 1 |
Female Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19