Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा वन कार्यालयका कर्मचारीलाई कुटपिट

2020-01-29

Karnali, Mugu, Chhayanath Rara, Ward 14

वन डिभिजन कार्यालय मुगुका सहायक वन अधिकृत ३६ वर्षीय सागर बस्याल, सोही कार्यालयका सहायक वन अधिकृत ३४ वर्षीय दिनेश रामदाम र वन रक्षक २७ वर्षीय दिपेश कुमार मल्ललाई प्रतिबन्धित नेकपा विप्लव समूहका कार्यकर्ताले माघ १५ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

छाँयानाथ रारा नपा—१४ बामा गाँउका दुई सामुदायिक वनका स्थानीयबासीले अनुमति नलिई c गरेको भन्दै सोही ठाउँका स्थानीयले वन डिभिजन कार्यालयमा माघ २ गते उजुरी दिएका थिए ।

कार्यालयमा उजुरी आएपछि सामुदायिक वनको अनुगमन गर्न गएका कर्मचारीमाथि प्रतिबन्धित विप्लव समूहका जिल्ला सदस्य धनमानसिंह बुढुवाल समेतको समूहले कुटपिट गरेको वन डिभिजन कार्यालय, मुगुका निमित्त कार्यालय प्रमुख बसन्त शाहीले जानकारी दिनु भयो ।

वन कार्यालयबाट गएका कर्मचारीहरू गाँउलेसँग छलफल गरिरहेको अवस्थामा हाम्रो एरियामा कसको अनुमति लिएर आएको, पार्टीको अनुमति बिना काम गर्न मिल्दनै भन्दै कुटपिट गरेको अनुगमनमा गएका सहायक वन अधिकृत प्रनिल देवकोटाले बताउनु भयो । अनुगमनमा वन कार्यालयका ६ जना कर्मचारी गएका थिए ।

अनुगमानमा गएका कर्मचारी माथि विप्लव समूहका कार्यकर्ताले कुटपिट गरेको विषयमा तत्काल जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको २० जनाको सुरक्षाकर्मी घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

प्रहरी घटनास्थलमा पुग्दा घटनामा संलग्न व्यक्ति भागेको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका वन कर्मचारीलाई सुरक्षाकर्मीले माघ १५ गते राति ११ बजे सदरमुकाममा पु¥याएका थिए ।

वन कर्मचारीको अवस्था सामान्य रहेको छ ।

जीवन सेजुवाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments