Incident Reports

अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

2020-01-29

Karnali, Salyan, Kapurkot, Ward 5

कपुरकोट गाउँपालिका–५ को वडा कार्यालयमा माघ १५ गते राति अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रिमशितल बजार नजिक रहेको वडा कार्यालयमा ढोकाको ताला फोडेर भित्र पसि सम्पूर्ण कोठामा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

आगलागीबाट वडा कार्यालयमा रहेका सम्पूर्ण कागजात र सामग्री जलेर नष्ट भएका छन् । माघ १६ गते बिहान १० बजे कार्यालय खोल्दा आगलागी घटना थाहा भएको वडा अध्यक्ष यम कुमार बस्नेतले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘बिहान ढोका खोलेर हेर्दा ताला फोडेर भित्र पसी पेट्रोल छर्केर आगो लगाएको जस्तो देखियो, घटना बारे थाहा पाउना साथ मैले प्रहरीलाई खबर गरें।

वडा कार्यालयमा आगो लगाउने समूहले एक ल्यापटप समेत चोरेर लगेको वडाअध्यक्ष बस्नेतले जानकारी दिनु भयो । पन्जिकरणका सम्पूर्ण श्रेष्तासहितका महत्वपूर्ण कागजात, डेक्सटप कम्प्यूटर एक थान, प्रिन्टर एक थान, सोफा सेट दुई थान, घुम्ने कुर्सी पाँच वटा, टेबुल ६ वटा, कार्पेट, पर्दा, इन्टरनेट सम्बन्धि सामाग्री, दुई वटा दराज लगायतका सामाग्री पूर्ण रुपमा जलेको वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।

कार्यालयमा पेट्रोलको गन्ध आउने बोतल पनि भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजी भई रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भई रहेको डिएसपी खतिवडाले बताउनुभयो ।

घटनाको कुनै पक्षले हालसम्म जिम्मेवारी लिएको छैन ।

  

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments