Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2020-01-31

Province 1, Jhapa, Mechinagar, Ward 6

जिल्ला काभ्रेपलाञ्चोक घर भएकी १७ वर्षीया बालिका र २२ वर्षीय युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजान खोजेको आरोपमा प्रहरीले जिल्ला दोलखा तामाकोशी गाँउपालिका–४ का २१ वर्षीय सुदीपबाबु पोखरेललाई गिरफ्तार गरेको छ । 

आरोपितलाई मेची नगरपालिका–६ काँकडभिट्टाबाट माघ १५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

आरोपितले स्वास्थ्य संस्थामा जागिर लगाई दिने प्रलोभनमा पारी भारततर्फ लैजान लागेको अवस्थामा अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

पीडितलाई साना हात नामक संस्था काकरभिट्टाको संरक्षण गृहमा राखिएको र अभिभावकको जिम्मा लगाइने डिएसपी श्रेष्ठले बताउनुभयो ।

नरेश खाती

0 Comments