Incident Reports

इटहरीमा विद्यार्थीको प्रदर्शन

2019-12-13

Province 1, Sunsari, Itahari

इटहरी (ब्लाष्ट) कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) विषय अध्ययनरत विद्यार्थीहरूले इटहरीमा प्रदर्शन गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको बेथितिविरुद्ध कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) विषय अध्ययनरत विद्यार्थीहरूले आन्दोलन गरेका हुन् । इटहरीको सुष्मा मेमोरियल कलेजमा सीएसआईटी विषयमा अध्ययनरत विद्यार्थीहरूले कलेजपरिसरमा प्रदर्शन गरेका हुन्। 

विभिन्न प्ले-कार्डसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले केहीबेर नाराबाजीसमेत गरेका छन् । उनीहरूले लोकसेवा आयोगको खुल्ला परीक्षामा समावेश गर्नुपर्ने, छात्रवृत्तिको दुरुपयोग रोक्नुपर्ने, परीक्षा शुल्क न्यूनीकरण गर्नुपर्ने, शैक्षिक क्यालेण्डरको व्यवस्था गर्नुपर्ने लगायतका नारा लगाएका छन्।

खासगरी विभिन्न मितिमा प्राविधिक पदका विभिन्न तहका लागि जारी गरिएका विज्ञापनमा सीएसआईटी अध्ययन गरेका विद्यार्थीले समेत खुल्ला प्रतिस्पर्धामा समावेश हुन पाउनु पर्ने माग गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments