Incident Reports

बलात्कारको आरोपमा फरार रहेका एक जना विमानस्थलबाट पक्राउ

2019-05-28

Bagmati, Dhading, Gajuri

काठमाडौँ — बलात्कारको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गुजरी गाउँपालिका घर भएका हरिकृष्ण भनिने हेमनसिंह बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले विमानस्थलबाट पक्राउ गरेको हो । 

 जेठ १४ गते गजुरीको बस्नेतगाउँमा बाटो खन्ने क्रममा एक्साभेटर चालकसमेत रहेका हेमनले स्थानीय १६ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेका थिए । ढोका फोरेर कोठामा प्रवेश गरी युवतीलाई जबर्जस्ती गरेको सीआईबीका प्रवक्ता वेलबहादुर पाण्डेले जानकारी दिए । घटनापछि हेमन केही समय भारतका विभिन्न ठाउँमा लुकेर बसेको र बुधबार वैदेशिक रोजगारीको सिलसिलामा कुवेत जान लागेको पाण्डेले जानकारी दिए । नियन्त्रणपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments