Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-27

Karnali, Salyan, Bagchaur, Ward 10

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको घटनाको आरोपमा बागचौर नपा–१० घरभई हाल कालिमाटी गाउँपालिका–४ निवासी ५० वर्षीय नारायण गिरीलाई प्रहरीले माघ १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७६ साउन ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १७ गते इलाका प्रहरी कार्यालयमा मौखिक उजुरी दिएका थिए भने लिखित उजुरी माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा दिएका छन् ।

घटनाका सम्बन्धमा कसैलाई भने मार्ने धम्की दिएपछि पीडितले घटना लुकाएको र पछि उनी गर्भवती भएको परिवारले थाहा पाएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ ।

हाल पीडितको सात महिनाको गर्भ रहेको र उनको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा माघ १९ गते भएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिनुभयो ।

 

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments