Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-02

Madhes, Bara, Kolhabi, Ward 11

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको विहार घर भई विगत १५ वर्षदेखि झारफुक गर्दै आएका तान्त्रिक कोल्हवी नपा–११ रमपुर्वा बस्ने ५५ वर्षीय रामेश्वर शर्मा भनिने हरिनारायण शर्मालाई माघ १९ गते राति गिरफ्तार गरेको छ ।

आशाराम बाबाका चेला बताउने गाउँमा झण्डा बाबा भनेर चिनिएका उनले बालिकालाई मन्त्र विद्या सिकाउँछु भनि पीडितको घरमा बलात्कार गरेको आरोप छ । आरोपितलाई घटना स्थलबाटै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

पीडित परिवारले माघ २० गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका छन् । पीडित बालिका र आरोपितको स्वास्थ्य परीक्षण माघ २० गते कलैया अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले बताउनु भएको छ ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Bara , Local Newspaper - Parsa , Local Newspaper - Jhapa , Local Newspaper - Dhanusha

0 Comments