Incident Reports

विप्लवको जिल्ला संयोजक पक्राउ

2019-11-24

Karnali, Jajarkot, Tribeni Nalagad, Ward 5

नेत्र विक्रम चन्द्र नेतृत्वको जाजरकोट जिल्ला संयोजकलाई प्रहरीले प्रकाउ गरेको छ ।

जाजरकोट प्रहरीले जाजरकोट जिल्लाको महिला संयोजक रंजिता थापालाई आइतबार पक्राउ गरेको हो । नलगाड नगरपालिका ५ बाट प्रहरीले थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

शनिवार राती नलगाड नगरपालिका ५ दल्ली नजिकै रगुनाथ जंगलमा बम बिस्पोट समुहले गराएको आसंकाम आइतवार बिहान देखी बाक्लो रुपमा प्रहरी परिचालन गरेपछी थापालाई नियन्त्रणमा लिएको प्रहरी जाजरकोटले जानकारी दिएको छ । केन्द्रीय पार्टीको निर्देशनमा कार्यक्रम गरेको भन्दै विप्लब नेत्रित्वको नेपाल कम्युष्टपार्टी नेकपाले शनिवार नलगाडमा बिरोध प्रदशन गरेको थियो । 

लामो समय जाजरकोट जिल्लामा महिला जिल्ला संयोजकको पदमा काम गर्दै आएकी थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । बुटवल घर भएकी २६ बषिया थापा विप्लव समुहले गर्दै आएको चन्दा असुली,आतंक लगायतका काममा सक्रिय रहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Surkhet

0 Comments