Incident Reports

धनुषामा दुई जना विद्यार्थीमाथि लामाे समयदेखि यौन शोषण गर्ने शिक्षक पक्राउ

2019-10-15

Madhes, Dhanusha, Mithila

मिथिला नगरपालिकाको ढल्केबरमा रहेको एक निजी विद्यालयमा पढ्ने दुई जना बालिकामाथि एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ ।

ढल्केबर एकेडेमी बोर्डिङ स्कुलमा मिनी बोडर्समा पढ्ने सात वर्षीया र नौ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले पटक पटक जबर्जस्ती करणी गरेको घटना बाहिर आएको हो । 

घटना सार्वजनिक भएपछि गएको असोज २८ गते शिक्षक टेकेन्द्रलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार यादवले जानकारी दिनुभयो ।  

झापाको मेचीनगर नगरपालिका ३ घर भएका शिक्षक टेकेन्द्र ढल्केबर एकेडेमी स्कुलमा बसेर समाजिक विषय अध्यापन गराउँदै आएका थिए । 

दशैँअघि देखि नै बिदाको दिनको मौका छोपी मिनी बोडर्समा पढ्दै गरेकी ती दुई जना बालिकालाई शिक्षक टेकेन्द्रले ललाइफकाइ तथा धम्की दिँदै पटक पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ ।  

कसैलाई भने ज्यान लिने धम्की दिँदै आएका कारण ती पीडित दुई जना बालिकाले घटना गोप्य राखेको बताइएको छ ।    

प्रहरीकाअनुसार घटना सार्वजनिक भएपछि पीडित दुई जना बालिका र आरोपी शिक्षक टेकेन्द्रको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपी शिक्षकमाथि जबर्जस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth unknown
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media , Local Newspaper - Bara

0 Comments