Incident Reports

बन्धक बनाइएकी युवतीको प्रहरीको सहयोगमा उद्दार

2020-01-30

Madhes, Siraha, Nawarajpur, Ward 1

नवराजपुर गाउपालिका–१ निवासी बन्धक बनाइएकी २१ वर्षीया युवतीलाई प्रहरीको सहयोगमा माघ २० गते उद्दार गरिएको छ ।

आफ्नै घरमा परिवारजनबाट बन्धक बनाइएकी मम्ता कुमारी साहलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारको सहयोगमा उद्दार गरिएको हो ।

उद्दार गरीएकी युवतीका अनुसार आफुले अन्तरजातीय विवाह गर्न लागेकोले बुवा अजय साह र काका सञ्जय साहले घरमा राति साङ्लोले बाँधेर राखेको थियो । परिवारको निगरानीमा माघ १६ गते देखि बन्धक बनाई कुटपिट गरेर राखेको पीडित युवतीले बताउनु भयो ।

पीडित मम्ताका काका संजय साहका अनुसार भतिजीले विवाहित केटासँग विवाह गर्न खोजेकोले सम्झाएर मात्रै घरमा राखेको कुटपिट तथा यातना नदिएको बताउनु भएको छ ।

स्थानीयको सुचनाको आधारमा अधिकारकर्मीको सहयोगमा पीडित युवतीलाई उद्दार गरी जिल्ला प्रहरी कार्यालयको सुरक्षा बासमा पठाएको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्सपेक्टर अरबिन्द कुमार साहले बताउनु भएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Abduction
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments