Incident Reports

कैलालीमा खुकुरी प्रहारबाट एक जना घाइते

2019-10-03

Sudurpashchim, Kailali, Lamkichuha, Ward 2

कैलालीको लम्कीमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । शुक्रवार बिहान लम्की चौराहामा लम्किचुहा नगरपालिका २ मोतिपुरका कृष्ण बुढा मगर माथि खुकुरी प्रहार भएको हो ।

घाइते मगरको लम्की स्थित लाल रत्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको अवस्था खतरा मुक्त रहेको छ। उनको पाखुरामा चोट लागेको छ। तीन जनाको समूहले उनी माथि खुकुरी प्रहार गरेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । ती मध्ये एक जनालाई पक्राउ गरिएको उनले बताए । खुकुरी प्रहार गर्ने लम्कीकै स्थानीय रमेश शाही पक्राउ परेका हुन । अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    e

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Local Newspaper - Kailali

0 Comments

Related Reports