Incident Reports

बेचबिखन प्रयासका आरोपित गिरफ्तार

2020-02-05

Lumbini, Bardiya, Thakurbaba, Ward 1

१६ , १७ र १८  वर्षीया बालिकालाई  बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले  बर्दिया जिल्ला ठाकुरबाबा नपा–१ घर भई नेपालगञ्ज उपमनपा–१२ कोरियनपुर बस्ने  २५ वर्षीया रन्जना थारूलाई माघ २० गते गिरफ्तार गरेको छ ।

बालिकाहरू ग्याँस चुलो किन्न भनेर माघ १९ गते  भारतीर जादै गरेको अवस्थामा मानव बेचबिखनको क्षेत्रमा काम गर्ने सानाहातका कर्मचारीले सोधपुछ पछि प्रहरीमा बुझाएका थिए । उनीहरूले बयानको क्रममा आरोपित थारूको नाम लिए पछि प्रहरीले घरमा छापा हानेर थारूलाई गिरफ्तार गरेको थियो । पीडित दुई जना बालिकालाई माघ २० गते आफन्तको जिम्मा लगाइएको छ भने एक जनालाई सानाहातको परामर्स केन्द्रमा राखिएको छ ।

पीडित पक्षले आरोपित विरूद्घ माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ ।

थारूले प्रलोभन देखाएर यौन कार्यमा लगाउने गरेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर वलीले बताउनु भयो । एसपी वलीले  आरोपित उपर थप अनुसन्धान भइरहेको बताउनु भयो ।

स्मृति देवकोटा

0 Comments