Incident Reports

पत्रिकाको कार्यालयमा तोडफोड र आगजनि l

2014-01-01

Sudurpashchim, Kailali, Lamkichuha

INSEC Far-Western Regional Office झुठो सामाचार प्रकाशन गरेको आरोपमा कैलाली जिल्लाको टीकापुरबाट प्रकाशित हुने टीकापुर दैनिक पत्रिकाको कार्यालयमा पुस १७ गते बिहान आक्रोशित समूहले तोडफोड र आगजनि गरेको छ । पूर्व पश्चिम राजमार्गको बलिया गाविस-५ गणेशपूर चौराहामा पुस १६ गते बस र मोटरसाईकल ठोकिएर भएको दुर्घटनामा मृत्यु भएका टीकापुर नगरपालिका घर भएका जनक कुँवर र विष्णु साउदको विषयमा लेखिएको समाचार झुठो भएको भन्दै अक्रोशित समूहले आगजनि गरेको ईलाका प्रहरी कार्यालय, टीकापुरले जनायो । दुर्घटनामा परि मृत्यु भएकाहरूको पोष्टमार्टम नभएको अवस्थामा पत्रिकाले पोष्टमार्टम भएको भनि समाचार प्रकाशित गरेको आरोपमा पत्रिका कार्यालयमा तोडफोड र आगजनि भएको थियो । आक्रोशित समूहले बन्द रहेको कार्यालयमा तोडफोड गरी कार्यालयभित्र रहेको कागज समेत बाहिर निकालि आगजनि गरेको टीकापुर दैनिकका प्रकाशक/सम्पादक भुवनश्वर अधिकारीले बताए । उनले कार्यालयमा रहेको बुलेटिन कागज तयार गर्न ल्याएको करिब ८० हजार पर्ने कागजमा आगजनि गरी क्षति पुर्‍याएको बताए । इलाका प्रहरी कार्यालय, टीकापुरका प्रहरी नायब उपरीक्षक भेषराज श्रेष्ठले घटनाका बारेमा छलफल भइरहेको र घटनामा सङलग्नहरूको खोजी कार्य पनि जारी रहेको बताए ।

0 Comments

Related Reports
Related Trend Analysis