Incident Reports

जग्गा फिर्ता ल्याउने निर्णयको विरोध गर्दै प्रर्दशन

2020-02-05

Lumbini, Banke, Nepalgunj

नेपालगन्ज- सरकारले प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ विघा जग्गा मन्दिरकै नाममा फिर्ता ल्याउन गरेको निर्णयको विरोध गर्दै नेपालगन्जमा प्रर्दशन गरिएको छ। ‘सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोग’ले बुझाएको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्न लागेपछि जग्गा उपभोग गरिरहेका ईन्द्रपुर कर्मोहना क्षेत्रका स्थानीयले प्रर्दशन गरेका हुन्। उनीहरुले अचेल दिनहुँजसो विरोधका कार्यक्रम गर्दै आएका छन्।  

मन्दिरको ८४ विघा जग्गा ब्यक्तिको नाममा रहेको तथ्य बाहिर आएपछि उक्त आयोगले करिब ३ महिना लामो छानबिन र अध्ययन पश्चात गत मंसिर अन्तिम सातातिर सरकारलाई प्रतिवेदन बुझाएको थियो। हालै बसेको मन्त्री परिषद बैठकले मन्दिरको जग्गा फिर्ता ल्याउन र जग्गा अनियमितता गर्ने विरुद्ध छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ। प्रतिवेदनमा दोषी देखाइएका ब्यक्तिलाई भने अहिलेसम्म कानुनी कारबाही भएको छैन।

यसअघि छानबिनका लागि आएका आयोगका पदाधिकारी समक्ष जिल्लाका राजनीतिक दल, सांसद, वकिल, नागरिक समाज, बागेश्वरी गुठी ब्यवस्थापन समिति, सञ्चारकर्मी लगायतले मन्दिरको जग्गा मन्दिरकै नाममा फिर्ता ल्याएर अनियमितता गर्ने विरुद्ध कानुनी कारबाही गर्नुपर्ने सुझाव दिएका थिए। जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन ‘त्रुटीपुर्ण’ रहेको र आफूहरुले प्रयोग गरिरहेको जग्गा बागेश्वरी गुठीको नभएको उनीहरुको तर्क छ।

कर्मोहना क्षेत्रबाट आएका स्थानीय बासिन्दाले बुधबार नेपालगन्जका विभिन्न स्थानमा टायर बालेर प्रर्दशन गरेका हुन्। उनीहरुले विपी चोक, गणेशमान चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय लगायत क्षेत्रमा प्रर्दशनसहित टायर बालेर विरोध प्रर्दशन गरे। आफ्ना पुर्खाहरुले नयाँ मुलुकका रुपमा बाँके जिल्ला प्राप्त भएको र सुरुदेखि नै सो जग्गाको भोगचलन गर्दै आएको उनीहरुको दाबी छ। उपभोग गर्दै आएको व्यक्तिको जग्गाका बारेमा सत्य तथ्य जाँचबुझ नै नगरी सरकारले होचुवाको भरमा निर्णय गरेको उनीहरुको जिकिर छ।

 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports