Incident Reports

पूर्वडीएसपी खिउजुविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी

2019-12-16

२३ माघ, काठमाडौं । नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । ललितपुर महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा किटानी जाहेरी दिएकी हुन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरसँग कुरा गर्दै किटानी जाहेरी आएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘जाहेरी आएको छ यद्यपि, दर्ता भइसकेको छैन । तयारी गरिरहेका छौं ।’

स्रोतका अनुसार बुधबार साँझ ५ बजे पीडित युवती ललितपुर प्रहरीमा पुगेकी थिइन् । उनले किटानी जोहरी दिएलगत्तै प्रहरीले पाटन अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको छ ।

एसएसपी राईका अनुसार पीडितले पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी दिएकी छन् । ‘घटनालाई मिलाउन धम्की दिएको भन्दै ठाडो उजुरी परेको हो’, उनले भने ।

बस्नेतलाई घटनालाई मिलाउन भन्दै आर्थिक प्रलोभन र दबाब दिएको पीडितको भनाइ छ ।

प्रहरी रिपोर्ट बनाउनका लागि ३० मंसिरमा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।

‘चिया खाने बहानामा ढोका लगाएर एक्लोपनको फाइदा लिएर ममाथि दुर्व्यवहार गर्नुभयो’, पीडितले भनेकी छन्, ‘ममाथि अन्याय गर्नुभयो भन्दा उल्टै मार्ने धम्की दिनुभयो ।’

पहिले गरेको गलत क्रियाकलापको तस्वीर समेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ । त्यसपछि पटकपटक खिउजुले शारीरिक शोषण गरेको उनी बताउँछिन् । यसबारे उजुरी गर्न काठमाडौं प्रहरी परिसरमा पुग्दा पनि सहयोग नपाएको उनको गुनासो छ ।

यो घटनालाई लिएर पीडित युवती बिभिन्न प्रहरी उच्च अधिकारसम्म पुगेपछि खिउजुले डेढ महिनाअघि घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।

हालै मात्र बलात्कार आरोपमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसएसपी सौरभ राणाले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।


Update

-------------

बलात्कार आरोपमा पूर्वडीएसपी खिउजु पक्राउ


 नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायब उपरीक्षक राजकुमार खिउजू कार्यकक्षमै सेवाग्राहीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले उनलाई पक्राउ गरिएको पुष्टि गरे । राईले अनलाइनखबरसँग भने, ‘पक्राउ गरेर ल्याएका छौं । अब विस्तृत अनुसन्धान सुरु हुन्छ ।’

प्रहरीले पाटन अस्पतालमा खिउजुको स्वास्थ्य परीक्षण गरेर हिरासतमा राखेको छ ।

प्रहरी रिपोर्ट बनाउनका लागि ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका वेला सहयोग गर्ने वहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।

‘चिया खाने वहानामा ढोका लगाएर एक्लोपनको फाइदा लिएर ममाथि दुर्व्यवहार गर्नुभयो’, पीडितले भनेकी छन्, ‘ममाथि अन्याय गर्नुभयो भन्दा उल्टै मार्ने धम्की दिनुभयो ।’


पहिलो गरेको गलत क्रियाकलापको तस्वीर समेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ । त्यसपछि ६ महिनासम्म खिउजूले शारीरिक शोषण गरेको उनले बताएकी थिइन् ।

यसबारे प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा जानकारी गराए पनि कारबाही अघि बढेको थिएन । त्यसपछि एक गैरसरकारी संस्थाको सहयोगमा पीडितले २२ माघमा ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी दर्ता भएसँगै २३ माघमा खिउजूलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको थियो । तर, उनी विभिन्न ठाउँमा लुक्दै आएका थिए ।

फरार रहेकै अवस्थामा उनले जाहेरी फिर्ता लिन भन्दै पीडितलाई धम्की समेत दिएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments