Pratap Bista
एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै आग्रा गाविस-३ का १८ वर्षीय सुकमान स्याङतानलाई जिल्ला अदालत मकवानपुरले १२ वर्षकैद गर्ने फैसला गरेको छ । पीडित बालिकालाई पीडकबाट ४५ हजार रुपैया उपलब्ध गराउने आदेश पनि गरेको छ ।
जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारीको पुस १७ गते बसेको इजलाशले स्याङतानलाई ४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । पीडित बालिका घरमा एक्लै भएको अवस्थामा पीडकले बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा जाहेरी दिएका थिए ।