Incident Reports

पत्नीको शरीरमा तातो दाल खन्याउने विरुद्ध जाहेरी l

2014-01-01

Sudurpashchim, Achham, Turmakhad

Shiva Raj Khattri वलीगाउँ गाविस-२ का ५० वर्षीय सेते नेपालीले पत्नी ४५ वर्षीया जलु नेपालीको शरीरमा तातो दाल खन्याएर घाइते बनाएको भन्दै जलुले पति विरुद्ध कारबाहीको माग गर्दै पुस १७ गते प्रहरी चौकी मंगलसैनमा जाहेरी दिएकी छन् । पुस ११ गते बिहान खाना खाने समयमा अघिल्लो दिन बेलुकीको भात नराखेको भन्दै तातो दालको ताप्के बाँया हातमा खनाएको जाहेरीमा उल्लेख छ । दाल खनाउँदा उनको बाँया हात जलेको छ । दाल खन्याएर घरबाट भागेका सेते पुस १६ गते घर आएपछि प्रहरीमा जाहेरी दिएको जलुले बताइन् । जाहेरीलगत्तै सेतेलाई घरबाट गिरफ्तार गरेर हिरासतमा राखेको प्रहरी चौकी मंगलसैनका इन्चार्ज प्रहरी नायव निरीक्षक नारायण गिरीले जानकारी दिए । घाइते जलुको १७ गते नै जिल्ला अस्पतालमा उपचार गरिएको प्रहरीले जानकारी दियो । सेतेले यस अघि पनि बन्चरोले टाउकोमा र हँसियाले हातमा प्रहार गरी घाइते बनाएको तथा पाखुरामा फलामको रड तताएर घोचेको जलुले बताइन् । सेते यस अघि पटक-पटक प्रहरीको हिरासतमा पुगेर अबदेखि कुनै प्रकारको यातना नदिने भन्दै कागज गरेर छुट्ने गरेका प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis